ad ad

राजनीति


एमालेको हिसाब : माओवादीको लोकप्रिय मत घट्यो, एमाले र कांग्रेसको बढ्यो

एमालेको हिसाब : माओवादीको लोकप्रिय मत घट्यो, एमाले र कांग्रेसको बढ्यो

फाइल तस्बिर


नेपालखबर
असार २७, २०७९ सोमबार १४:४, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको दाबी गरेको छ। 

पार्टीले एक अन्तरपार्टी निर्देशन(अपानि) जारी गर्दै समग्र मतको विश्लेषण गर्दा निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको दाबी गरेको हो। 

अघिल्लो निर्वाचनमा ३३ प्रतिशत मत पाएको एमालेले यो निर्वाचनमा १ प्रतिशत वृद्धि गर्दै लोकप्रिय मत ३४ प्रतिशत पुर्याएको दाबी गरेको छ।

‘समग्र मतको विश्लेषण गर्दा यस निर्वाचनमा पनि पहिलो स्थानमा कायमै छ। एमालेले अघिल्लो निर्वाचनमा सदर कुल मतको एक तिहाइ मत (३३ प्रतिशत) हासिल गरेको थियो भने यस निर्वाचनमा लोकप्रिय मतमा एक प्रतिशत (३४ प्रतिशत) वृद्धि गरेको छ। 

मत संख्याका हिसाबले अघिल्लो निर्वाचनको तुलनामा ६ लाख १ हजार २५४ र प्रतिशतमा २१. प्रतिशतले जनमत वृद्धि भएको छ’, जारी अपानिमा भनिएको छ, ‘दुवै निर्वाचनमा नेपाली कांग्रेस दोस्रो स्थानमा रहिआएको छ । २०७४ को निर्वाचनमा ३२.९ प्रतिशत मत पाएको कांग्रेसले यस निर्वाचनमा ३३.३ प्रतिशत मत पाएको छ। यो मत अघिल्लो निर्वाचनमा पाएको मतभन्दा ६ लाख १९ हजार १०५ अर्थात् १९.९ प्रतिशतले बढी हो।’

त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको उल्लेख गर्दै १७ प्रतिशत लोकप्रिय मत घटेको अपानिमा उल्लेख गरिएको छ। 

‘नेकपा माओवादी–केन्द्र दुवै निर्वाचनमा तेस्रो स्थानमा छ। तर उसको मत एमाले र कांग्रेसभन्दा निकै कम छ। अघिल्लो निर्वाचनमा पाएको १७ प्रतिशत लोकप्रिय मत खस्किएर यस निर्वाचनमा करिब १२ प्रतिशतमा सीमित भएको छ। 

माओवादी केन्द्रको लोकप्रिय मत अघिल्लो पटक पाएको मतभन्दा (२ लाख ६९ हजार ८५३) झन्डै १७ प्रतिशतले घटेको छ’, अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘नेकपा (एमाले)बाट चोइटिएर बनेको नयाँ दल नेकपा (एस) ले ४ प्रतिशत मात्र मत पाएको छ। जनता समाजवादी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने अघिल्लो निर्वाचनको तुलनामा प्रगति गरेको देखिए पनि अन्य साना दल भने खुम्चिँदै गएका देखिन्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .