राजनीति


प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ नेता लिउ

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ नेता लिउ

नेपालखबर
असार २६, २०७९ आइतबार १७:१, काठमाडौँ

नेपाल भ्रमणका लागि आइतवार बिहान काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। 

बालुवाटारमा दुई पक्षबीच संवाद सुरु भएको छ। उक्त संवादमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी छन्। 

प्रधानमन्त्रीलाई भेट्नुअघि चिनियाँ उच्चस्तरीय टोलीले आइतवारै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेका छन्। 

लिउले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन्।

त्यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार बिहान उनकै निवास बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। 

चिनियाँ विदेश विभाग प्रमुखले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

६ सदस्यीय चिनियाँ टोली लिएर आएका लिउ एअर चाइनाको विमानबाट आज बिहान पौने ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

लिउलाई परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवती पौडेल र प्रमुख दलका विदेश विभागका नेताले स्वागत गरेका थिए। 

नेपाल भ्रमणमा आएको चिनियाँ नेता लिउको टोली चार दिनसम्म रहनेछ। यसअघि चिनियाँ विदेश विभागले नेपालका नेताहरुसँग भिडिओ संवाद गरेर बीआरआई परियोजना अघि बढाउन आग्रह गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad