राजनीति


एकातिर कांग्रेस पदाधिकारी बैठक, अर्कातिर शेखर समूहको भेला

एकातिर कांग्रेस पदाधिकारी बैठक, अर्कातिर शेखर समूहको भेला

फाइल तस्बिर


नेपालखबर
असार २६, २०७९ आइतबार १६:५४, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसका नाममा आइतवार दुईवटा बैठक बसिरहेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बसिरहेको छ। जसको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्। 

यो बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित छन्। 

उनी आइतवार दिउँसो स्रष्टालाई सम्मान गर्ने कार्यक्रममा सहभागी हुन प्रज्ञा प्रतिष्ठान कमलादी पुगेका थिए। 

सहमहामन्त्री भीष्मराज आङदेम्बेका अनुसार यो बैठकमा भ्रातृ संस्थाको विधानलाई अन्तिम रूप दिने तयारी छ।

पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधान प्रतिवेदन तयार पार्न कांग्रेसले नेता एनपी साउदको नेतृत्वमा समिति बनाएको थियो।

कांग्रेसले उक्त समितिले बुझाएको विधानलाई अन्तिम रूप दिने तयारी गरेको छ। 

सानेपामा कांग्रेस पदाधिकारी बैठक बसिरहँदा नेता डा. शेखर कोइराला समूहको भेला पनि काठमाडौंमै बसिरहेको छ।

राजधानीको विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा केही बेरअघिबाट बैठक सुरु भएको हो। पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई कोइरालाले बैठकमा बोलाएका छन्। 

भेला विषेश गरी सोमबारदेखि सुरू हुने कांग्रेस केन्द्रीय समितिमा प्रस्तुत हुने सम्भावित एजेन्डा तथा कसरी अघि बढ्ने भन्नेमा केन्द्रित रहेको बताइएको छ। 

शेखर समूहको यो भेलामा महामन्त्री गगन थापा, नेता डा. चन्द्र भण्डारी लगायत सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad