स्थानीय तहको निर्वाचन अन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले फराकिलो अग्रता कायमै राखेका छ।
४ हजार ९६५ मत गणना हुँदा मेयरमा एमालेका बानियाँले ३ हजार ६४ मतसहित अग्रता बनाएका छन्।
उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १ हजार ६२९ मत सहित पछ्याइरहेका छन्।
यस्तै, उपमेयरमा एमालेकी कुवँरले ३ हजार १३ मतसहित अग्रता कायम राखेकी छन्।
उनलाई पछ्याइरहेकी कांग्रेसकी रीता शाहीले १ हजार ६७५ मत ल्याएकी छन्।
अहिले वडा वडा नम्बर ३ र ८ को मतगणना भइरहेको छ।
वडा न ३ को अध्यक्षमा एमाले र ८ मा कांग्रेस अग्रस्थानमा छ।
अन्तिम मतपरिणाम सार्वजनिक १, २, ९ र १० नम्बर वडामा नेकपा एमाले प्यानल सहित विजयी भएको छ।
Shares

प्रतिक्रिया