नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाका प्रमाण पत्र पेस गरेकी छन्।
उनी नेपालका लागि पहिलो बेलायती महिला राजदूत हुन्।
यसअघिका नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिस थिए।
राजदूत पोलिटले नेपाल–बेलायत दुई सय वर्षको सम्बन्धमा पहिलो बेलायती महिला राजदूत हुन पाएकोमा गर्व महसुस गरेको जनाएकी छन्।
— NicolaPollitt (@NicolaPollittUK) December 4, 2019सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्न पाएकोमा अत्यन्त हर्षीत छु। दुई सय बर्षको कूटनीतिक
सम्बन्धमा नेपालका लागी पहिलो बेलायती महिला राजदुत हुन पाएकोमा गर्व महशुष गरेको छु।#Nepal ????
प्रतिक्रिया