ad ad

राजनीति


राजदूतहरुसँग पर्यटनमन्त्रीको आग्रहः आफ्ना नगरिकहरुलाई नेपाल भ्रमणका लागि सुरक्षित रहेको जानकारी दिनुस्

राजदूतहरुसँग  पर्यटनमन्त्रीको आग्रहः आफ्ना नगरिकहरुलाई नेपाल भ्रमणका लागि सुरक्षित रहेको जानकारी दिनुस्

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ७:३९,

पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कुटनीतिक नियोगहरुसँग छलफल गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुधबार सबै देशका राजदुतहरुलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न अग्रह गरेका हुन्। उनले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन आग्रह गरे।

त्यस्तै पर्यटकहरुको सुरक्षा र गुणस्तरिय सेवाका लागि सरकार आफैले व्यवस्था गर्ने बताउँदै ढुक्क भएर नेपाल भ्रमण गर्न सकिने वातावरण बनेको जानकारी समेत उनले दिए। सरकारले आगामी जनवरी १ मा राजधानीसहित सबै प्रदेशमा पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी गरेको छ।

त्यस्तै जनवरी ७ मा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा पनि पर्यटन वर्षको उदघाटन गरिने कार्यक्रम रहेको जानकारी समेत मन्त्री भट्टराईले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .