अभिनेता राजेश हमालले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास (खुमलटार) पुगेर भेटवार्ता गरेका छन्।
शुक्रबार बिहान भएको भेटमा दाहाल र हमालबीच राष्ट्रिय राजनीतिबारे कुरा भएको संगीतकार चेतन सापकोटाले बताए।
भेटवार्तामा हमालले प्रचण्डको खुलेर प्रशंसा गरेका छन्।
कलाकारहरुको राजनीतिमा प्रवेशलाई जोडेर अध्यक्ष प्रचण्डले अभिनेता हमाललाई आफू राजनीतिमा आउने सम्भावनाबारे प्रश्न गरेका थिए।
जवाफमा हमालले राष्ट्रिय राजनीतिबाट कोही पर रहन नसक्ने भन्दै सम्भावना रहेको बताएका थिए।
हमालसँगको भेटका क्रममा प्रचण्डले पनि नेपाली फिल्म उद्योगप्रति चिन्ता व्यक्त गरे। उनले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन राज्यले पनि भूमिका खेल्नुपर्ने बताए।
हमालले भने मुलुकमा सबैभन्दा पहिला राजनीतिक स्थिरता हुनुपर्ने, त्यसपछि मात्रै अन्य कुरा बिस्तारै राम्रो हुँदै जाने बताए।





Shares

प्रतिक्रिया