नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जसले सबैभन्दा बढी समय संसद भंग गर्छ उही नै ‘तागतदार’ हुने टिप्पणी गरेका छन्।
संसद दिवसको अवसरमा बुधबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘जसले धेरै भंग गर्छ, धेरै समयका लागि भंग गर्छ त्यो सबैभन्दा धेरै तागतदार हो मैले बुझ्ने कुरा त्यो हो,’ उनले भने।
निरंकुश सत्ता चलाउन चाहनेका लागि संसद ‘आँखाको कसिङ्गर’ बन्दै गएको बताए।
‘निरंकुश सत्ता चलाउन चाहनेका लागि आँखाको कसेर बन्दै आएको छ’ पौडेलले भने, ‘हुकुमी शासन चलाउनेलाई संसद मन पर्दैन। यो संसदलाई बेला बेलामा भंग गर्ने, पुरै र आंशिक भंग गर्ने प्रचलन चल्दै आएका छन्।’
पौडेलले संसद भंग गर्ने चलनलाई अधिनायकवादी प्रवृत्तिको संज्ञा पनि दिएका छन्।
Shares

प्रतिक्रिया