ad ad

राजनीति


जिप दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख प्रकट

जिप दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख प्रकट

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार १३:२७,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार बाग्लुङमा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

गुल्मी र बाग्लुङ जिल्लाको सिमानामा पर्ने बडीगाड गाउँपालिका–७ भिमगिठे नजिकै भएको दुर्घटनामा परी १४ जनाको निधन हुनुका साथै तीन जना घाइते र एक बेपत्ता भएका छन्। अध्यक्ष प्रचण्डले विज्ञप्ति प्रकासित गरी सो खबरले आफू अत्यन्तै मर्माहत भएको जनाएका छन्।

देशका विभिन्न भागमा हुने यस प्रकारका सवारी दुर्घटनाहरु नेपाली सडकको दूरावस्था, पुराना सवारी साधनको प्रयोग र सवारी सञ्चालनमा देखिएको हेलचेक्राइ समेतका कारण रहेको भन्दै सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी रहेको प्रचण्डले उल्लेख गरेका छन्।

अध्यक्ष प्रचण्डको विज्ञप्तिमा दुर्घटनामा निधन भएकाहरुका परिवारजनका लागि उचित क्षतिपूर्तिका साथै बेपत्ताको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .