ad ad

राजनीति


जहाँ गयो उहीँ कम्युनिष्ट छन्, कम्युनिष्ट हुँदैमा समाजवाद आउँदैन् : उपेन्द्र यादव

जहाँ गयो उहीँ कम्युनिष्ट छन्, कम्युनिष्ट हुँदैमा समाजवाद आउँदैन् : उपेन्द्र यादव

नेपालखबर
असार १३, २०७९ सोमबार १५:३८, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट हुँदैमा समाजवाद नआउने बताएका छन्। 

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको जावलाखेलमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘सरकारमा कम्युनिष्ट एमालेको सरकार, अपोजिसनमा एमालेबाट विभाजन भएको अर्को पार्टी। सरकारमा कम्युनिष्ट, विपक्षमा कम्युनिस्ट अनि जनतामा पनि कम्युनिष्ट,’ यादवले भने, ‘जहाँ गयो उहीँ कम्युनिष्ट। कम्युनिष्ट हुँदैमा समाजवाद हुने होइन्।’

विगतमा भएका कमजोरीलाई नसच्याई समाजवाद नआउने उनले बताए।

‘विगतमा भएका असमानता, विभेद र अन्यालाई सच्याउनपर्छ। यो नसच्याइ समाजवाद भनेर हुँदैन्’ उनले भने।

समाजवादका अप्ठेराहरुलाई चिन्नपर्ने भनाई उनले राखे। 

‘समाजवादका अप्ठेराहरु के हुन? भन्दा वर्गीय विभेद सँगसँगै जात, संस्कृतिको विभेद अवरोध हो। त्यससँगै आर्थिक विपन्नता, उत्पादन प्रणाली, त्यसमा वर्ग वा समुदायको प्रबुद्ध, एउटा खास जातीय समुदाय र पुराना चिन्तनसँग जोडिएका विरासत अहिलेसम्म फाल्न सकेका छैनौं,’ उनले भने, ‘त्यो नफाली नयाँ राजनीतिक प्रणालीको स्थापना गर्न सक्दैनौं। त्यसलाई परिवर्तन गर्न हामीले विभिन्न सघंर्षहरु गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .