कारोबार


नेप्से अझै २ हजार विन्दुमुनि, ह्वात्तै बढेको भोलिपल्टै घट्यो बजार

नेप्से अझै २ हजार विन्दुमुनि, ह्वात्तै बढेको भोलिपल्टै घट्यो बजार

नेपालखबर
असार १३, २०७९ सोमबार १५:३६, काठमाडौँ

सेयरबजारमा ९५ अंकको उच्च वृद्धि भएको भोलिपल्ट अर्थात् आज सोमबार दोहोरो अंकले घटेको छ। 

नेप्से २३.८५ अंकले र सेन्सिटिभ सूचक ७.०२ अंकले घटेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको दोस्रो कारोबार दिन २२९ कम्पनीको सेयर खरिदबिक्री भएको छ। दिनभरिमा ४३ हजार १२२ पटकको किनबेचपछि ५६ लाख कित्ता सेयर २ अर्बमा कारोबार भएको हो। 

कुल १३ समूहमध्ये आज जीवन बीमा र लगानीको सूचक हरियो रहे पनि बाँकी समूहको सूचक राताम्य छन्। 

आज तीनवटा कम्पनीका लगानीकर्ताले कमाएका छन्। सीवाईसी लघुवित्त, न्यादी पावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले कमाएका हुन्। यी कम्पनीको सेयर १० प्रतिशत हाराहारीमा बढेको छ। 

लगानीकर्ताले १० प्रतिशतसम्म गुमाउनुपरेको छ भने आज नागरिक लगानी कोषको १५ करोडको सेयर कारोबार भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .