राजनीति


११ बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहण हुँदै

११ बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहण हुँदै

नेपालखबर
असार १३, २०७९ सोमबार ९:१९, काठमाडौँ

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम अहिले ११ बजे राष्ट्रपति भवन शीतल निवासमा हुँदै छ। 

नेकपा (एकीकृत समाजवादी) बाट मन्त्रिपरिषदमा इन्ट्री गरेका नयाँ मन्त्रीको शपथ हुन लागेको हो। 

आइतबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन भएको जानकारी गराइएको थियाे। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad