राजनीति


अडियोबारे बोलेनन् मन्त्री आले, बजेटमाथिका प्रश्नको मात्रै जवाफ दिए

अडियोबारे बोलेनन् मन्त्री आले, बजेटमाथिका प्रश्नको मात्रै जवाफ दिए

नेपालखबर
असार १२, २०७९ आइतबार १४:५५, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्।

उनले आजको बैठकमा पुगेर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका हुन्।

केही दिनअघि वायुसेवा निगमका कर्मचारीसँग भएको कुराकानीको अडियोबारे प्रष्ट पार्नका लागि सांसदहरुले जवाफ मागेका थिए। सांसद बिमला राई पौडेलले सार्वजनिक माफी माग्नुपर्ने बताएकी थिइन्। 

तर, आलेले माफी मागेनन्। उनले बजेटमाथिका प्रश्नहरुको जवाफ दिए। उनले जवाफ दिनेबेलामा पौडेलसहित केही सांसदहरु उठेर विरोध जनाएका थिए।

तर, आलेले निरन्तर रुपमा जवाफ दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .