राजनीति


ओलीमाथि नेपालको कटाक्ष : किन टक्कर लिएको? पछार्छ भन्ने बुझेपछि सम्झौता गर्नुपर्दैन?

ओलीमाथि नेपालको कटाक्ष : किन टक्कर लिएको? पछार्छ भन्ने बुझेपछि सम्झौता गर्नुपर्दैन?

नेपालखबर
असार १२, २०७९ आइतबार १३:१६, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वैशााख ३० को स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई पछारेको बताएका छन्।

पार्टीनिकट अनेमसंघको कार्यक्रमलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

'हामीलाई कसैले कमजोर ठान्छ भने कुनै अर्थ छैन भन्छ भने त्यो ठूलो भूल हुनेछ। स्थानीय निर्वाचनबाट थाहा त्यो कुरा थाहा भइसकेको छ', उनले भने, '२०७४ को स्थानीय निर्वाचनबाट ठूलो पार्टी नेकपा एमाले अहिले कांग्रेसभन्दा सानो भयो। कांग्रेस हेर्दा हेर्दै अगाडि गयो, एमाले पछाडि पर्यो।'

उनले ओलीतिर लक्षित गर्दै आफूभित्रको कमजोरी नहेर्दा पछुताउने अवस्थामा पुगेको बताएका छन्। 

'किन टक्कर लिएको त माधव नेपालसँग? माधव नेपालले पछार्न सक्छ भन्ने थाहा भएपछि सम्झौता गर्नुपर्दैन?', उनले भने, 'आग्रह पूर्वाग्रहले एमालेमा समस्या भयो, मूल्याङ्कन वैज्ञानिक भएन। त्यहीकारण हामीले विद्रोह गर्यौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad