राजनीति


ओमान र बहराइनका लागि प्रस्तावित नेपाली राजदूतको एग्रीमो आयो

ओमान र बहराइनका लागि प्रस्तावित नेपाली राजदूतको एग्रीमो आयो

नेपालखबर
असार १०, २०७९ शुक्रबार १५:२१, काठमाडौँ

ओमानका लागि प्रस्तावित नेपाली राजदूत डोरनाथ अर्याल र बहराइनका लागि प्रस्तावित तीर्थराज वाग्लेको नाममा ती दुई मुलुकले सहमति दिएका छन्। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अर्याल र वाग्लेको एग्रीमो हालै आएको हो।

प्रस्तावित राजदूतद्वय परराष्ट्र मन्त्रालयका सहसचिव हुन्। 

अर्याल हाल परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागका महानिर्देशकको जिम्मेवारीमा छन्। त्यस्तै, वाग्ले परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख छन। 

अ​र्याल र वाग्लेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनमा राजदूत नियुक्त भएको घोषणा गर्नेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .