ad ad

राजनीति


समानुपातिक भोट बटुल्न पनि पार्टी चाहियो : रवि लामिछाने

समानुपातिक भोट बटुल्न पनि पार्टी चाहियो : रवि लामिछाने

पार्टी घोषणाका क्रममा रवि लामिछाने। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
असार ७, २०७९ मंगलबार १३:४३, काठमाडौँ

सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्। 

राष्ट्रिय सभागृहबाट उनले नयाँ दल दर्ता गरेको घोषणा गर्दै नयाँ राजनीतिक दल दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टी राखेको बताए ।

उनले दलको नाम तीन पटक उच्चारण गरेका थिए। उनले घोषणाका क्रममा देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकोले पार्टी घोषणा गरेको बताए। 

लामिछानेले स्वतन्त्र अभियानमा रहेकाहरुलाई आफ्नो पार्टीमा आवद्ध भएर उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरे।

उनले त्यसक्रममा आफैंले नेतृत्व गरेर निर्वाचन आयोगमा दर्ता गराएको उनले बताएका छन्। 

लामिछानेले दलमा आउनेहरुलाई स्वागत गरिने बताए। क्षमतावान व्यक्तिहरुलाई, स्वतन्त्र उम्मेदवार भएकालाई खुला हृदयले स्वागत गर्न चाहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .