राजनीति


बालेन्द्रको उदाहरण दिँदै आरजुले भनिन् : आफ्नो गुण पहिचान गरेर अघि बढ्नुस्

बालेन्द्रको उदाहरण दिँदै आरजुले भनिन् : आफ्नो गुण पहिचान गरेर अघि बढ्नुस्

नेपालखबर
असार ६, २०७९ सोमबार १७:१०, काठमाडौँ

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टीका नेता–कार्यकर्ताहरुले पार्टीको चरित्र पछिसम्म पनि कायम राख्नुपर्नेमा जोड दिएकी छन्। 

भ्रातृ संगठन नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा आयोजना गरेको ‘विपद् व्यवस्थापन, नागरिक सेवामा तरुण दलको भूमिका एवम् निर्वाचित जनप्रतिनिधिलाई बधाई’ कार्यक्रममा उनले यस्तो बताएकी हुन्। 

‘मत अर्कै व्याकग्राउन्डबाट आएको मान्छे। मेरो माइतीको ब्याकग्राउन्ड अर्कै हो। तर, यहाँ आउँदा मलाई कस्तो लाग्यो भने कांग्रेसका मान्छे धेरै सज्जन हुँदा रहेछन्,’ डा. राणाले भनिन्, ‘एकदमै सिधा, एकदमै सज्जन, एकदमै डिभोटेड। यो गर्छु भने पछि गर्ने, दायाँबायाँ नहेर्ने। धेरै बठ्याइँ फट्याइँ नगर्ने। त्यो राम्रो कुरा हो। यो चरित्र हामीले पछिसम्म पनि कायम राख्नुपर्छ।’

उनले पार्टीका नेताहरुलाई आ–आफ्नो गुण पहिचान गर्न पनि आग्रह गरिन्। ‘म कस्तो नेता हो, म अरुले भनेको पछिपछि लाग्ने नेता हो कि, म विचार दिने नेता हो कि, म मान्छे अर्गनाइज गर्न सक्ने नेता हो कि, म एकदमै राम्रो बोल्न सक्ने वाककला भएको नेता हो कि। म अनुरोध गर्न चाहन्छु– आफ्नो गुण पहिचान गर्नुस्,’ राणाले भनिन्। 

उनले स्थानीय तह निर्वाचन जितेका स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्नो गुण पहिचान गरेर नेता बनेको पनि उदाहरण दिइन्। ‘यो अहिले जति पनि इन्डिपेन्डेन्ट जितेका छन् नि, उनीहरु एउटा एउटा गुण पहिचान गरेर नेता बनेका हुन्,’ राणाले भनिन्, ‘बालेन शाहको पकड हेर्नुभयो सोसल मिडिया, रुटिन अफ नेपाल बन्द। म ओपन्ली भन्न चाहँदिन। उहाँले कति कन्सल्टेन्सीमा हायर गर्नुभयो रुटिन अफ नेपाल बन्दलाई?’

काठमाडौँ महानगरको प्रमुखमा निर्वाचित हुन बालेन्द्र शाहले सामाजिक सञ्जाल प्रयोग गर्नुलाई अन्यथा लिन नमिल्ने उनको आशय थियो।

‘प्रयोग गर्यो। एनालाइसिस गर्यो,’ केन्द्रीय सदस्य राणाले भनिन्, ‘राजनीति हो एभ्री थिङ इज फेयर भन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .