ad ad

समाज


कक्षा ४ देखि नै महिनावारी शिक्षा समावेश गर्न सन्दर्भ सामग्री सार्वजनिक

कक्षा ४ देखि नै महिनावारी शिक्षा समावेश गर्न सन्दर्भ सामग्री सार्वजनिक

नेपालखबर
असार ६, २०७९ सोमबार १७:०, काठमाडौँ

महिनावारी शिक्षा सन्दर्भ सामग्री सार्वजनिक भएको छ। औपचारिक शिक्षामा प्रभावकारी रुपमा महिनावारी तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी भएका तीनवटा किताब सार्वजनिक गरिएको हो।

राष्ट्रिय महिनावारी सञ्जाल र ग्लोबल एक्सन नेपालको संयोजनमा सोमबार सार्वजनिक गरिएको उक्त सन्दर्भ सामग्रीमा विद्यालय शिक्षामा महिनावारीलाई कसरी व्यवस्थापन गर्नेबारे उल्लेख गरिएको छ। 

उक्त सन्दर्भ सामग्रीमा कक्षा ४ देखि कक्षा १२ सम्मको औपचारिक शिक्षामा महिनावारी र त्यससँग सम्बन्धित विषयलाई समेट्नका लागि छुट्टाछुट्टै विषय समेटिएको छ। 

सन्दर्भ सामग्रीबारे राष्ट्रिय योजना आयोगकी सदस्य सलाेनी प्रधान सिंहले प्रकाशनले नीति निर्माण तहमै सहयोग गरेको बताइन्। उनले छुट्टाछुट्टै संस्थाहरूले गरेको अध्ययन भन्दा सामूहिक अध्ययन नीति निर्माण तहमै प्रभावकारी भूमिका खेल्ने भन्दै प्रशंशा गरिन्।

उनले भनिन्, ‘एक्लै अध्ययन गर्ने र जस लिने प्रवृत्ति छ। त्यसैमा टेकेर नीति निर्माण तहका मानिसले पनि काम गर्ने गरेको पाइन्छ।  त्यसले सबैको कुरा समेट्न गाह्रो हुन्छ। अहिले अध्ययन पूर्ण छ। धेरै संस्थाको सहभागिता छ।’

उक्त सामग्रीबाट पाठ्यक्रममा समेटिने पाठ्यक्रम विकास केन्द्रकी सुमन सिलवालले प्रतिबद्धता जनाइन्। 

कार्यक्रममा उपस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी रमा अर्यालले औपचारिक शिक्षामा महिनावारीको विषय समेट्नका लागि मन्त्रालयको प्रतिबद्ध रहेको बताइन्। 

यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मधुसुदन सुवेदीले अब विद्यालय र विश्व विद्यालयले नै समाजमा मर्यादित महिनावारीबारे अग्रसर हुनुपर्ने बेला भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .