राजनीति


संग्रौलाले संसदमा पेस गरिन् जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

संग्रौलाले संसदमा पेस गरिन् जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

नेपालखबर
असार ६, २०७९ सोमबार १३:३५, काठमाडौँ

संघीय संसदमा बाढी–पहिरोको जोखिम न्यूनीकरणका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको छ। 

सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सोमबार संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन्। 

देवप्रसाद तिमिल्सिना र प्रकाश रसाइली स्नेही समर्थक रहेको प्रस्तावमा बाढी– पहिरोको जोखिम अध्ययन गरी न्यूनीकरणमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरिएको छ।

हरेक वर्षको बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपबाट पाठ सिकेर सरकारले त्यसका आधारमा न्यूनीकरणका लागि समयमै आवश्यक तयारीका लागि छलफल गर्न आवश्यक रहेको सांसद डा. पन्तको भनाइ छ।  

नेपालमा हरेक वर्ष वर्षायाममा बाढी–पहिरो, चट्याङ तथा डुबानका कारण धनजनको क्षति हुने गरेको छ। गृह मन्त्रालयको तथ्यांकअनुसार २०७७ सालमा पहिरोमा परी १८३ जनाको ज्यान गएको थियो। 

पहिरोका कारण ६०२ परिवार विस्थापित भएका थिए भने चट्याङका कारण ६१ जनाको मृत्यु भएको थियो। बाढीका कारण ५३ जनाले ज्यान गुमाएका थिए। 

संसद्मा पेस गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा यस वर्ष बाढी–पहिरोबाट २० लाख जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ।

‘बाढी–पहिरोबाट १९ लाख ९९ हजार ९ सय ७५ जनसंख्या र ४ लाख २१ हजार ४७ परिवार प्रभावित हुने आकलन गरिएको छ,’ प्रस्तावमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad