ad ad

समाज


नक्कली शैक्षिक प्रमाणपत्रसहित तीनजना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रसहित तीनजना पक्राउ

नेपालखबर
असार ६, २०७९ सोमबार १३:३०, काठमाडौँ

उपत्यका प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्रसहित तीनजनालाई पक्राउ गरेको छ। आफ्नो नामको शैक्षिक प्रमाणपत्रहरु किर्ते गरी नक्कली बनाएर विभिन्न प्रयोजनका लागि पेश गरेको सूचनाका आधार।मा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए। 

पक्राउ पर्नेमा गोरखाका विकास अमगाई, काभ्रेपलान्चोकको पनौतीका राजकुमार हुमागाई र गोरखाकै मोहन पुडासैनी रहेका छन्। पुडासैनीले नक्कली प्रमाण पत्र बनाउने गरेको एसपी कोइरालाले बताए।

उनीहरुलाई महाशाखाले महाराजगञ्जबाट पक्राउ गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .