ad ad

राजनीति


नवनिर्वाचित जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन : जनभावना अनुसार काम गर्नू

नवनिर्वाचित जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन : जनभावना अनुसार काम गर्नू

गोकुल जोशी
असार ३, २०७९ शुक्रबार १५:२९, कञ्चनपुर

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित जनप्रतिनिधिलाई जनभावना अनुसार काम गर्न निर्देशन दिएका छन्। 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताले गरेको विश्वासलाई कायम राखेर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका हुन। 

चुनावमा जित्नेहरुसँगै हार्ने उम्मेदवारको पनि उत्तिकै भूमिका रहने उनले उल्लेख गरे। 

‘जित्ने साथीहरुको जिम्मेवारी अझ बढी हुन्छ, हारेकाहरुले पनि जित्नेले गर्छ भन्ने होइन, तपाँईहरुले पनि सँगसँगै लाग्नु पर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘जनताले चाहे भने जिताइदिन्छन्, चाहे भने हराइदिन्छन्, जनता मालिक हुन्, त्यसैले सार्वभौमसत्ता सम्पन्न जनता भनिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .