ad ad

राजनीति


जनार्दनमाथि घनश्यामको कटाक्ष : दलाल पुँजीवाद त धोतीपाटा नै फेरेर अर्थमन्त्रालय छिरेछ

जनार्दनमाथि घनश्यामको कटाक्ष : दलाल पुँजीवाद त धोतीपाटा नै फेरेर अर्थमन्त्रालय छिरेछ

नेपालखबर
असार १, २०७९ बुधबार १६:५१, काठमाडौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपाललाई दलाल पूँजीवादले गम्भीर संकटतिर लगेको बताएका छन्। 

'कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो' शीर्षकको अन्तरक्रिया कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा भुसालले यसो भनेका हुन्। 

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कानुनले निषेध गरेका मान्छे मन्त्रालयमा छिराएर बजेटमा उल्लेखित करका दरमा गरेको तोडमोडबारे भुसालले कडा कटाक्ष गरे।

उनले पहिले पहिले दलाल पूँजीवादले प्रधानमन्त्री र अर्थमन्त्रीहरू फकाउने गरे पनि यो पटक मन्त्रालयमै छिरेर अड्डा जमाएको टिप्पणी गरे।

'दलाल पूँजीवादले पहिले पहिले प्रधानमन्त्री र अर्थमन्त्री फकाउँथ्यो। अहिले त धोतीपाटा फेरेर दलाल पुँजीवाद अर्थमन्त्रालयमै छिरेछ', उनले भने, 'अहिलेको यो सबै संकट हाम्रै कारणले आएको हो।'

बजेट निर्माणका क्रममा कानुनी व्यवस्थाविपरीत अर्थमन्त्री शर्माले एकजना पूर्व नायव सुब्बा र एकजना चार्टर्ड एकाउन्टेन्टलाई प्रयोग गरेको विषयमा आलोचन भइरहेका बेला भुसालले पनि कटाक्ष गरेका हुन्। 

उनले एमालेतिर लक्षित गर्दै चुनावको परिणाम आउन थालेपछि अन्तरघात भयो भनेको त्यसपछि धाँधली भयो भन्न थालेको भन्दै व्यंग्य गरे। 

'खास कुरा त केहो भने हामी माथि झगडा गर्यौँ, त्यसको परिणाम राम्रो निस्किएन। हामी मिलेको भए बहुमत हाम्रो हुन्थ्यो। संसदीय चुनाव जितिन्थ्यो। तर अहिले नुन खाएको कुखुरा जस्तो हुनुपरेको छ', उनले भने, 'कांग्रेसभन्दा आज पनि वाम जनमत नै बहुमत छ भन्ने कुरा सबैको जोड्दा देखिन्छ। आज पनि नेकपाकै सिट धेरै छ। एक ठाउँमा जान पाएको भए ५२५ भन्दा धेरै सिट जितिन्थ्यो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .