ad ad

राजनीति


सौन्दर्यकरणका नाममा जानकी मन्दिरमा भ्रष्टाचार भयो : महन्थ दास

सौन्दर्यकरणका नाममा जानकी मन्दिरमा भ्रष्टाचार भयो : महन्थ दास

शैलेन्द्र महतो
जेठ ३१, २०७९ मंगलबार १३:२१, जनकपुरधाम

जानकी मन्दिरका महन्थ रामतपेश्वर बैष्णवले निकाय जानकी मन्दिरलाई भ्रष्टाचार गर्ने थलो बनाएको आरोप लगाएका छन्।

मधेश सरकारको मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत भएको जानकी मन्दिर सौन्दर्यकरण र वृहत्तर क्षेत्र विकास परिषदबाट मन्दिरमा जडान भएको लाइटमा भ्रष्टाचार भएको उनले गुनासो गरे।

मन्दिर सौन्दर्यकरणमा मेधश सरकारले टाइल्स मार्वल, मर्मत लगायतको सौन्दर्यकरण लागि ७ करोड २० लाख छुट्याएको थियो।

सौन्दर्यकरणको काम अन्तिम चरणमा छ। महन्थ दासले प्रदेश सरकारबाट जडान भएको टाइल्स मार्वल थुप्रै ठाउँमा फुटिसकेको र फुट्ने क्रम जारी रहेको बताउँदै कमसल सामग्री प्रयोग गरेर भ्रष्टाचार भएको आरोप लगाए। 

यस्तै गत आर्थिक वर्षमा वृहत्तर जनकपुर क्षेत्र विकार परिषदले ११ करोड रुपैयाँको लागतमा मन्दिरभरि आकर्षक देखिने लाइट जडान गरेको थियो। सो लाइट दुई महिना पनि नबलेको महन्थ दासको गुनासो छ। 

‘जानकी मन्दिरको नाममा लुट्ने काम ठीक होइन। वृहत्तरले ११ करोडमा जडान गरेको विजुली लाइट मिस्त्रीले भने अनुसार १ डेढ महिनामै सबै खराब भइसकेको छ। बल्ने लायक छैन।

पटक पटक ठीक गर्न आग्रह गर्दा वृहत्तर मिस्त्री नआएको बहाना लगाएर पन्छिरहेको छ।’ महन्थ दासले भने,‘मधेश सरकारले गरेको काम पनि त्यस्तै कमसल छ।’

जानकी मन्दिरसँग कुनै समन्वय र छलफल नै नगरी विभिन्न निकाय आएर सरकारी रकमको दुरुपयोग गरिरहेको उनले आरोप लगाए। 

‘कुनै काम गर्न आउँदा हामीसँग छलफल गर्दैन। के गर्ने, कसो गर्ने, आउँछ। मनपरी मन्दिरको पुरातत्वमा असर पर्ने गरी कमसल काम गर्छ। भ्रष्टाचार गर्छ। दुरुपयोग गर्छ।’ उनले गुनासो गर्दै भने, ‘म ती निकायहरुसँग आग्रह गर्छु। जे काम गर्नु छ हामीसँग पनि छलफल गरेर राम्रो काम गर्नुस्। मेरो आग्रह छ जानकी मन्दिरमा सौन्दर्यकरणको नाममा भ्रष्टाचार नगर्नुस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .