राजनीति


साग कराँते : महिला व्यक्तिगत काँटामा नेपालको रजत पक्का, स्वर्णका लागि पाकिस्तानसँग भिड्दै

साग कराँते : महिला व्यक्तिगत काँटामा नेपालको रजत पक्का, स्वर्णका लागि पाकिस्तानसँग भिड्दै

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ४:४०,

दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कराँतको महिला व्यक्तिगत काँटातर्फ नेपालले रजत पदक पक्का गरेको छ।

सोमबार बिहान ललितपुरकाे सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा भएको खेलमा भुटान र बंगलादेशका खेलाडीलाई हराउँदै नेपालकी चञ्चला दनुवारले रजत पदक पक्का गरेकी हुन्।

दनुवारले २४.२ प्वइन्ट ल्याउँदै जित हासिल गरेकी हुन्। यसैगरी बंगलादेशकी छुमारा अख्तर ले २१.६ प्वइन्ट र भुटानकी सोना ल्हामुले २०.४२ प्वइन्ट ल्याएका छन्। 

अब स्वर्ण पदकका लागि केही बेरमा नेपालले पाकिस्तानसँग खेल्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad