बागलुङ क्षेत्र नम्बर २ (ख) मा भएको उपनिर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही विजयी भएका छन्।
सत्तारुढ नेकपाको समर्थन पाएका शाहीले कांग्रेसका उम्मेदवार जीत शेरचनलाई पराजित गरेका हुन्।
शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गर्दा शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरेका छन्। शाहीले २ हजार ९७ मत बढी ल्याएका हुन्।
गएको निर्वाचनमा पनि यो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए। वामपन्थी दलको समर्थनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट विजयी टेकबहादुर घर्तीको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।
त्यतिबेला घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरेका थिए भने कांग्रेसका जित शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए।
यस पटकको निर्वाचनमा समाजवादी पार्टीका अशोक कुमार बिकले ३ सय १६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५ मत पाएका छन्।
Shares

प्रतिक्रिया