राजनीति


कालापानीमा भारतीय अतिक्रमणविरुद्ध लण्डनमा विरोध प्रर्दशन हुँदै

कालापानीमा भारतीय अतिक्रमणविरुद्ध लण्डनमा विरोध प्रर्दशन हुँदै

प्रजय शुक्ल
मंसिर १५, २०७६ आइतबार १२:५०,

भारतले नेपाली भूभाग समेत समेटेर नयाँ नक्शा सार्वजनिक गरेको विरुद्धमा सोमबार लण्डनको भारतीय दूताबास अगाडि विशाल विरोध प्रदर्शन हुने भएको छ।

लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई भारतले हालै जारी गरेकोे नक्सामा समेटेको विरोधमा गैरआवासीय नेपाली संघ यूकेले सो विरोध प्रदर्शनको आयोजना गरेको हो।

सो प्रर्दशन सोमबार १२ बजेर ३० मिनेट देखि १ बजेसम्म हुने र अतिक्रमण विरुद्ध एनआरएनए यूकेले ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले नेपालखबरलाई बताए।

नेपाली भूभागमाथि अतिक्रमण हुँदा बेलायतमा रहेका नेपालीहरु चुप लागेर बस्न नहुने जनाउँदै भट्टराईले राष्ट्रियताको सवालमा सबै नेपालीहरु एक हुनुपर्नेमा जोड दिए।
उनले आम बेलायतबासी नेपालीहरुलाई विरोध प्रदर्शनमा सहभागी हुन आव्हान पनि गरे।

गैरआवासीय नेपाली संघ केन्द्रीय परिषदले भारतीय कदमको जोडदार विरोध र नजिकको भारतीय दूतावास वा हाइ कमिसनमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न सूचित गरेपछि बेलायत शाखाले पनि प्रदर्शन तयारी गरेको कुरा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad