कारोबार


उद्योगमन्त्रीको प्रश्नः नेपाली चिनीभन्दा आयातित कसरी सस्तो भयो?

उद्योगमन्त्रीको प्रश्नः नेपाली चिनीभन्दा आयातित कसरी सस्तो भयो?

नेपालखबर
मंसिर १५, २०७६ आइतबार १२:५०,

उद्योगमन्त्री लेखराज भट्टले भारतबाट आयातित चिनीको मूल्यभन्दा नेपालमा उत्पादित चिनी महँगो हुनुको कारणको जवाफ उद्योगीहरुले दिनुपर्ने बताएका छन्।

उनले उद्योगीहरुले चिनी उत्पादन महँगो बनाउने र किसानलाई उखुको मूल्य नदिने प्रवृतिको अन्त्य गर्न आफूले काम गर्ने बताए। आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग कुरा गर्दै मन्त्री भट्टले नेपालका किसानले पाउने उखुको मूल्य भन्दा बढी भारतका किसानले पाउने भएपनि भारतमा उत्पादित चिनी सस्तो भएको बताए।

उनले त्यही चिनी ३० प्रतिशत भन्सार बुझाएर लयाउँदासमेत नेपालको भन्दा सस्तो पर्ने र नेपालमै उत्पादित चिनी सो भन्दा महँगो हुनुको कारणको जवाफ उद्योगीहरुले दिनुपर्ने बताए। उद्योगीहरु इमान्दार नबन्दा विद्युत महसुल उठन नसकेको, उत्पादन बढ्न नसकेको तथा उखु किसानहरुले समयमा भुक्तानी नपाएको जस्ता समस्या आएको उनले बताए।

उनले उद्योगीहरुले आफ्ना समस्या पहिचान नगरी सरकारलाई काम गरेन भन्नु गलत भएको समेत बताए। सरकारलाई आरोप लगाउनुभन्दा समस्या र त्यसको समाधान के हो दुवै लिएर मन्त्रालयमा आउन समेत उद्योगीहरुलाई मन्त्री भट्टले आग्रह गरे। उनले उद्योगीहरुलाई उत्पादन सस्तो बनाउन तथा निर्यातजन्य वस्तुको उत्पादन बढाउन पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad