राजनीति


माओवादी केन्द्रमा पनि मन्त्रीहरु हेरफेर गर्न दबाब

वर्षमान भन्छन् : पार्टीमा औपचारिक छलफल भएको छैन
माओवादी केन्द्रमा पनि मन्त्रीहरु हेरफेर गर्न दबाब

नेपालखबर
जेठ २५, २०७९ बुधबार १४:५०, काठमाडौँ

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताएका छन्। 

नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार सञ्चारकर्मीहरु बोल्दै नेता पुनले माओवादीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन्। 

उनले नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि फेर्न दबाब परेको बताए।

मन्त्री फेर्नेबारे पार्टीभित्र कुनै छलफल नभइसकेको पुनले स्पष्ट पारेका छन्। 

‘हाम्रोमा मन्त्री फेर्नेबारे अहिलेसम्म कुनै छलफल भएको छैन। समाजवादीका साथीहरुले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ', उनले भने, 'कांग्रेसमा पनि दबाब छ। जसपामा दबाब छ। यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन। हाम्रो अझै छलफल सुरु भएको छैन। अहिले फेर्नुपर्छ भन्ने आवाज उठिरहेको छ।’

सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका अर्का नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताए। 

उनले अहिले मन्त्रिपरिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उल्लेख गरेका छन्। 

‘सरकारमा फेरबदल नै गर्नुपर्ने भए पनि, पहिलो त संयुक्त सरकार हो यो। संयन्त्र छ। आचारसंहिताहरू छन्। मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरु बदल्छु भनेर कहीँ मिल्छ त्यो?', उनले भने, 'त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन। र, पछिल्लो समय शीर्ष नेताहरु बसिसकेर सार्वजनिक पनि भइसकेको छ, त्यो नमिल्ने कुरा उहाँहरुले सच्याउनुभएको छ।’

पोखरेलले गठबन्धनका शीर्ष नेताहरु बसेर मन्त्री हेरफेर गर्ने निर्णय सच्याइसकेको पनि बताएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad