ad ad

राजनीति


भक्तपुर-१ ‘क’ मा कांग्रेस उम्मेदवार २३१२ मतले अगाडि

भक्तपुर-१  ‘क’ मा कांग्रेस उम्मेदवार २३१२ मतले अगाडि

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ३:१४,

उपनिर्वाचन अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को प्रदेशसभा सदस्यमा कांग्रेसका कृष्णलाल भडेलले अग्रता लिएका छन्।

अहिलेसम्मको मतगणना अनुसार भडेलले ९ हजार ९५ मत प्राप्त गरेका भने नेकपाका डिपी ढकालले ६ हजार ७ सय ८३ मत प्राप्त गरेका छन्।

नेकपा उम्मेदवारलाई कांग्रेस उम्मेदवारले २३१२ मतले लिड गरिरहेका छन्।

नेमकिपाका निरज लवजुले २ हजार ६४, राप्रपा नेपालका श्यामप्रसाद नेपालले २ सय ९४, साझा पार्टीका उम्मेदवार सुरज प्रधानले २ सय ४८ मत पाएका छन्।

कुल मतदाता ४५ हजार १५ रहेको यस क्षेत्रमा ३१ हजार ६ सय ८२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेका हरिशरण लामिछाने निर्वाचित भएका थिए। उनको निधनपछि यहाँ उपनिर्वाचन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .