राजनीति


बाग्लुङ प्रदेशसभाको मतगणना आइतबार बिहान ८ बजे हुने

बाग्लुङ प्रदेशसभाको मतगणना आइतबार बिहान ८ बजे हुने

नेपालखबर
मंसिर १४, २०७६ शनिबार १६:२८,

बाग्लुङ प्रदेशसभा २ (ख) को मतगणना आइतबार बिहान ८ बजेदेखि हुने भएको छ।

उपनिर्वाचन भएको बाग्लुङ २(ख) अन्तर्गत पर्ने तीनवटा पालिकाहरु ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिका सदरमुकामबाट निकै टाढा भएकोले राति अबेर मात्रै मतपेटिका सदरमुकाम पुग्नेछ। मतगणनास्थल बाग्लुङ सदरमुकाममा मत पेटिका पुर्याउन समय लाग्ने भएकोले मतगणना भोलि बिहान मात्रै हुने भएको हो।

सो निर्वाचन क्षेत्रमा तीनवटै पालिकाका २२ वटा वडामा रहेका २४ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ। ३५ हजार एक सय ८१ मतदाता रहेको बाग्लुङ २(ख) मा २१ हजार ५ सय १२ मत खसेको छ।

मतगणना जिल्ला समन्वय समितिको भवनमा बिहान ८ देखि सुरु हुनेछ। ४३ वटा मतपेटिका संकलन गरी अहिले सदरमुकाम लग्दै गरिएको जनाइएको छ।

बाग्लुङ २ (ख) मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट नीमबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा सन्तोष भण्डारी प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .