ad ad

राजनीति


बागलुङको बडिगाड र लमजुङको सुन्दरबजारमा नेकपाका उम्मेदवार विजयी

बागलुङको बडिगाड र लमजुङको सुन्दरबजारमा नेकपाका उम्मेदवार विजयी

नेपालखबर
मंसिर १४, २०७६ शनिबार १५:४९,

गण्डकी प्रदेशको बागलुङको बडिगाड गाउँपालिका–२ को वडाअध्यक्षमा ढालप्रसाद शेरचन र लमजुङको सुन्दर बजारमा नगरपालिका २ मा नेकपाका नविनकुमार श्रेष्ठ विजयी भएका छन ।

वाम गठबन्धनबाट उम्मेदवार बनेका शेरचनले ७०४ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका छन ।

वडाअध्यक्षमा उम्मेदवारी दिएका समाजवादी पार्टिका हरीलाल रानाले ६ मत प्राप्त गरे भने १२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

वडाअध्यक्षको निर्वाचनमा नेकपा बाट उम्मेदवार शेरचनलाई राष्ट्रिय जनमोर्चाले सघाएको थियो । २०७४ मा निर्वाचित वडाअध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उप–संयोजकमा निर्वाचित भएपछि उक्त वडा खालि भएको हो ।

१ हजार ७ सय ४२ मतदाता रहेको वडामा १ हजार १ सय ३४ मत खसेको थियो ।

lamjung 1

यता लमजुङको सुन्दर बजारमा नगरपालिका २ मा नेकपाका नविनकुमार श्रेष्ठ विजयी भएका छन । उनले ९८९ मत ल्याउँदा उनका प्रतिद्वन्दी कांग्रेसका प्रकाश सेडाईँले ४८४ मत पाए । त्यहाँ १५२३ मत खसेको थियो ।

यसैगरि, शनिबार सम्पन्र उपनिर्वाचनबाट सल्यान जिल्ला कुमाख गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष र रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ काे वडाध्यक्ष पदमा पनि नेकपाका उम्मेदवार विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .