ad ad

राजनीति


दिक्तेलमा मेयरको टिकट लिएर पुगेका उम्मेदवार कांग्रेस कार्यकर्ताबाटै कुटिए

विवादले पार्टी कार्यालयमा ताल, सुरक्षा दिँदै प्रहरी
दिक्तेलमा मेयरको टिकट लिएर पुगेका उम्मेदवार कांग्रेस कार्यकर्ताबाटै कुटिए

नेपालखबर
बैशाख १२, २०७९ सोमबार १४:४१, काठमाडौँ

खोटाङ सदरमुकामस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकट लिएर पुगेका एकजना नेतालाई कांग्रेस कार्यकर्ताले नै कुटपिट गरेका छन्। 

नेपाली कांग्रेस प्रदेश कार्य समिति १ ले दिक्तेलको मेयरको टिकट दिएपछि मनोनयन दर्ता गराउन सोमबार हेलिकोप्टर चढेर पुगेका धर्मराज पोखरेललाई कांग्रेस कार्यकर्ताले कुटपिट गरेका हुन्। 

दिक्तेलस्थित हेलीप्याडमा झर्नेबित्तिकै आक्रोशित कांग्रेस कार्यकर्ताको निशानामा परेका उनलाई प्रहरीले उद्धार गरेर पार्टी कार्यालयमा पुर्‍याएको छ। 

जिल्लामा अधिकांश कार्यकर्ताको साथ पाएका तीर्थराज भट्टराईलाई पछि पार्दै चार वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका पोखरेलले मेयरको टिकट लिन सफल भएका थिए। 

हेलिकोप्टरबाट ओर्लिनासाथ पोखरेलमाथि कांग्रेस कार्यकर्ता खनिएका थिए। जिल्लामा तीर्थराज भट्टराईलाई सर्वसम्मत गराउने प्रयास भएको थियो। 

तर त्यसो हुन नसकेपछि तीर्थराज र धर्मराजसहित १६ जनाको नाम नगर कार्य समितिले प्रदेशमा पठाएको थियो। 

टिकटको विवादपछि यसअघि नै कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। अहिले पार्टी कार्यालय र पोखरेललाई सुरक्षा दिएर पार्टी कार्यालयमा लगिएको छ।

कार्यकर्ताले नारा जुलुस गरेपछि पोखरेलले उम्मेदवारी दिन जान सकेका छैनन्। दिक्तेलमा मेयर पद कांग्रेस र उपमेयर पद मा‌ओवादीले भागबन्डा गरेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .