राजनीति


सरकारले जबर्जस्ती गरे सडकमा जान्छौँ देउवा

सरकारले जबर्जस्ती गरे सडकमा जान्छौँ देउवा

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार ९:१,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पधानमन्त्री केपी ओलीको राष्ट्रवाद देखाउने दाँत मात्रै भएको बताएका छन्।

शुक्रबार नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै पूर्र्वप्रधानमन्त्री देउवाले कालापानी प्रकरणमा आउँदा प्रधानमन्त्री ओलीको राष्ट्रवाद समर्पणवादमा परिणत भएको आरोप लगाए। उनले राष्ट्रवाद चुनाव जित्नका लागि देखाउने खोलमात्रै भएको बताए।

सभापति देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत अध्यक्ष संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै अध्यादेश कुनै पनि हालतमा पारित हुन नदिने बताए। उनले सरकारले जबर्जस्ती गरे सडक आन्दोलन चर्काउने चेतावनी समेत दिए।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगमा सरकारले आफ्नामा मान्छे भर्ति गरिरहेको आरोप लगाए। ‘अख्तियारमा आफ्ना मान्छे नियुक्ति गरेर सरकारले शाही आयोगजस्तो बनाउन लागेको छ’ उनले भने।

उनले एकपछि अर्को गर्दै सरकारले जनताका हक अधिकार खोस्दै लगेको भन्दै आफूहरु जनताका अधिकारगुम्न नदिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad