वाम गठबन्धन बनाएर उपनिर्वाचनमा सहभागिता जनाएका नेकपा र राष्ट्रिय जनमोर्चाले बाग्लुङको बुर्तिबाङमा शनिबार जनसभाको आयोजना गर्दैछन्।
सभालाई नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपाका महासचिव बिष्णु पौडेल लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।
बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यका लागि वाम गठबन्धनको तर्फबाट राजमोका खिमविक्रम शाही उम्मेद्वार छन्। सो क्षेत्रबाट निर्वाचित सांसद टेक बहादुर घर्तीको गतवर्ष निधन भएपछि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।
सो क्षेत्रमा नेपाली कांग्रेसले जीत शेरचनलाई उम्मेदवार खडा गरेको छ भने समाजवादी पार्टी नेपालले अशोक विश्वकर्मालाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया