नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा केही वर्षअघिसम्म हुने १८ घण्टा लामो लोडसेडिङ आफूहरुले हटाएको बताएका छन्।
आफ्नो सरकारको पालामा योजनावद्ध काम गरेर लोडसेडिङ हटाए पनि अरुले जस लिन खोजेको पनि ओलीले बताए।
'हामीले लोडसेडिङ अन्त्य गरेका हौँ। तर अरुले लोडसेडिङ हटाएको भनिरहेका छन्', वीरगञ्जमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भने, 'मैले गरेका कुराहरुमा चटके गरेर जस लिन खोजे। लोडसेडिङका फादरहरुले बिजुली ल्यायौँ भनेर गफ दिएका छन्।'
ओलीले केही मानिसले आफूलाई लोडसेडिङ अन्त्यका पिताजी माताजी भनिरहेको बताउँदै कटाक्ष गरे। 'उनीहरु हामी लोडसेडिङका पिताजी र माताजी भनिरहेका छन्', उनले भने, 'लोडसेडिङ गराउने पिताजी हुन् उनीहरु।'
भिडिओ
51
Shares
प्रतिक्रिया