ad ad

राजनीति


मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशनः देखिने गरी काम गर्नुस्

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशनः देखिने गरी काम गर्नुस्

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १५:४३,

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन दिएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनपछि बिहीबार मन्त्रीहरुलाई निर्देशन दिँदै परिणाम निस्कने गरी काम गर्न मन्त्रीहरुलाई सचेत गराए।

प्रधानमन्त्रीले भ्रष्टाचारमा सरकारले शून्य सहनशिलताको नीति लिएको भन्दै मन्त्रीहरुलाई भ्रष्टाचार नगर्न निर्देशन दिए। ‘भ्रष्टाचार नियन्त्रण सरकारको उच्च प्राथामितामा छ। तपाईहरु नयाँ पुराना कोही पनि भ्रष्टाचारमा नपर्नुहोला,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने।

उनले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए कारबाही गर्ने चेतावनी पनि दिएका छन्। आफूले अनुगमन गरिरहेकाे भन्दै ओलीले यदि कसैले लोभ गरेर तलमाथि गरेकाे भेटिए कारबाही गर्ने बताए।

प्रधानमन्त्री ओलीले विगतमा अन्तर मन्त्रालय समन्वयको अभावमा सोचेजस्तो काम हुन नसकेको भन्दै समन्वय गरेर काम गर्न पनि निर्देशन दिए। ‘अन्तर मन्त्रालयमा जोड दिनु होला । हिजो यस्तो नहुँदा सरकारले सोचेजस्तो काम गर्न सकेन।’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै ति मन्त्रीले भने।

‘एउटाले सडक पिच गर्ने, अर्काेले भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने। अब यस्तो चल्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनुपर्‍यो। विकासमा सहकार्य मात्रै होइन, सहउपयोगको नीति अपनाउनुपर्‍यो।’

मन्त्रिपरिषद् पुनर्गठनपछि विहीबार साँझ पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .