ad ad

राजनीति


नवनियुक्त सामान्य प्रशासन मन्त्रीले भनेः कर्मचारी समायोजनका समस्या समाधान गर्छु

नवनियुक्त सामान्य प्रशासन मन्त्रीले भनेः कर्मचारी समायोजनका समस्या समाधान गर्छु

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ९:५६,

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रृदयेश त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे।

नवनियुक्तमन्त्री त्रिपाठीले कर्मचारी समायोजनका क्रममा देखिएको मनोवैज्ञानिक समस्यालाई समाधान गर्न आफू लागि पर्ने बताएका हुन्।

बिहीबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएका मन्त्री त्रिपाठीले दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै सञ्चारकर्मीमाझ स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने पनि बताए।

 मन्त्री त्रिपाठीले स्थानीय तहमा संस्थागत आर्थिक सुशासन कायम गराउन समेत जोड दिने बताए। उनले महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा देखिएका समस्याको समाधानमा समेत जोड दिने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .