नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यावसायिक कृषिको विकासमा केन्द्रित रही काम गर्ने पनि बताए। बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना पनि अघि सारे।
यसअघि नवनियुक्त मन्त्री भुसालले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिनु भएको थियो । त्यसलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका उनलाई निवर्तमान कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले बधाई दिएको थिए।

प्रतिक्रिया