जर्मनीको बामपन्थी दल डी लिंकेको तीन सदस्यीय प्रतिनिधि मण्डल साेमबार नेपाल आएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा आएको प्रतिनिधि मण्डल विभिन्न कार्यक्रममा सहभागी हुँदै पाँच दिन नेपालमा रहनेछ।
पार्टीको अन्तर्राष्टिन्य आयोगका प्रमुख हाइन्ज बिइबामको साथमा पार्टीका केन्द्रीय सचिव यर्ग सिन्मर, पार्टीको उपप्रमुख जनिन विस्लर रहेका छन्।
नेपालमा रहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपाका विदेश विभाग प्रमुख पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेट्ने कार्यक्रम छ। त्यसैगरी मंगलबार बिहान नेकपाका विदेश विभाग तथा डि लिंकेको प्रतिनिधिमण्डलबीच दुवै पार्टीबीच सहकार्यका संभावनाबारे छलफल हुनेछ।
साेहि दिन राजधानीमा आयोजना हुने कार्यक्रममा जर्मन नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
नेकपा जस्तै दुई अध्यक्ष रहेका डि लिंककाे जर्मनीको संसदमा ६९ सदस्य छन् । सो दल संसदमा रहेका राजनीतिक दल मध्ये पाँचौ ठूलो हो ।
Shares
प्रतिक्रिया