ad ad

राजनीति


कांग्रेस धनुषा अधिवेशन : सभापतिमा तीन जनाको उम्मेदवारी

कांग्रेस धनुषा अधिवेशन : सभापतिमा तीन जनाको उम्मेदवारी

शैलेन्द्र महतो
फागुन १९, २०७८ बिहिबार १८:४५, काठमाडौँ

धनुषामा नेपाली कांग्रेसको सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। 

जनकपुरधामको गोपाल धर्मशालामा संस्थापन पक्षबाट एक जना र संस्थापन इतरबाट २ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। 

संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापति संतोष यादवले मनोनयन दर्ता गराएका छन्। संस्थापन इतर नेता बिमलेन्द्र निधि समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार र शेखर कोइराला समूहबाट संविधान सभा सदस्य दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका हुन्। 

त्यस्तै, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएका छन्।  

यस्तै, सचिवका लागि ९ जनाले उम्मेदवारी दिएका छन्। नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले सचिव पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएका छन्।

नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .