राजनीति


मुख्यसचिव रेग्मीलाई प्रम ओलीको फोनः सरकारलाई बदनाम गराउने प्रयास भयो

मुख्यसचिव रेग्मीलाई प्रम ओलीको फोनः सरकारलाई बदनाम गराउने प्रयास भयो

नेपालखबर
असार ७, २०७६ शनिबार ७:५१,

स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि सांसद चौधरीलाई डिल्लीबजारस्थित सदरखोर जेलबाट वीर अस्पताल भर्ना गरिएको थियो।

अस्पताल भर्ना गरिएसँगै बेडमा सुतिरहेका सांसद चौधरीको खुट्टामा १४ किलोको फलामे साङ्लो (नेल) लगाइएको तस्वीर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो।

उपचारका क्रममा रहेका सांसद चौधरीमाथिको यस्तो अमानवीय व्यवहारको तस्वीर सार्वजनिक भएसँगै सरकारको चौतर्फी आलोचना सुरु भएको थियो।

समाजवादी पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले अस्पताल पुगेर सांसद चौधरीलाई भेट गर्नुका साथै साङ्लो हटाउन माग गरेका थिए।

गुठी सम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका कारण सरकारको आलोचना पछिल्लो समय चुलिएको छ र प्रम ओली प्रतिरक्षात्मक बनेका छन्।

यस्तो अवस्थामा सांसद चौधरीमाथि भएको अमानवीय व्यवहार प्रष्ट हुने गरी तस्वीर सार्वजनिक भएपछि त्यसले सरकारलाई झनै आलोचित बनाएको छ।

अस्पताल भर्ना गरिएका सांसद चौधरीमाथिको व्यवहारले झन् अप्ठेरामा पार्ने भएपछि प्रम निवास बालुवाटारबाटै उनलाई लगाइएको साङ्लो हटाउन शुक्रबार साँझ नै निर्देशन दिइएको थियो।

शनिबार विहानसम्मपनि सांसद चौधरीमाथि भएको यो हर्कतको आलोचना जारी थियो। त्यसपछि प्रम ओली सांसद चौधरीमाथिको अमानवीय व्यवहारको छानविन गर्न निष्कर्षमा पुगे।

स्रोतका अनुसार, शनिबार विहान करिव साढे १० बजेतिर प्रम ओली आफैले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरे।

‘सरकारलाई बदनाम गर्ने प्रयास अहिले चारैतिरबाट भइरहेको छ, सांसद जस्तो व्यक्तिको खुट्टामा साङ्लो लगाइनु त्यसैको उपज हो’ ओलीले भने, ‘सरकारलाई बदनाम गर्ने गरी कसले यस्तो गर्यो, त्यसको छिटो छानविन हुनु पर्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .