ad ad

राजनीति


विप्लवको आरोप : प्रचण्ड–बाबुरामहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामा टुंगियो

विप्लवको आरोप : प्रचण्ड–बाबुरामहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामा टुंगियो

नेपालखबर
फागुन १, २०७८ आइतबार १०:५०, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड–डा. बाबुराम भट्टराईलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामै टुंगिएको आरोप लगाएका छन्। 

२७औं जनयुद्ध दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै विप्लवले जनयुद्ध अपूर्णै रहेको गुनासो गरेका हुन्। 

‘श्रमिक जनताले आफ्नो मुक्ति र राष्ट्रिय स्वाधिनताका लागि गरेको ऐतिहासिक विद्रोहले पहिलोपटक जनताको सत्ता, जनताको सेना, जनताको न्यायालय, शिक्षा, स्वास्थ्य, अर्थ सम्बन्धहरू स्थापना गर्न सफल भएको थियो’, विप्लवले आफ्नो वक्तव्यमा भनेका छन्, ‘तर प्रचण्ड–बाबुरामलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतमा टुंगियो। जनयुद्धको अपूर्णताका कारण नेपाली जनताको पूर्ण मुक्ति एवं नयाँ जनवाद–वैज्ञानिक समाजवाद प्राप्तिको चाहना अधूरै रह्यो।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .