ad ad

समाज


करेन्ट लागेर मजदुरको मृत्यु

करेन्ट लागेर मजदुरको मृत्यु

नेपालखबर
फागुन १, २०७८ आइतबार १०:३३, काठमाडौँ

सर्लाहीको बागमती नगरपालिका- २ मा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

बागमती–२ धरहरामा करेन्ट लाग्दा बागमती नगरपालिका- ८ शंकरपुरका २५ वर्षीय रामु महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरको छत ढलानको लागि फलामे डन्डी मिलाउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .