राजनीति


पृथ्वीनारायणको प्रसंग निकाल्दै प्रचण्डले भने: त्यसपछि नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध

पृथ्वीनारायणको प्रसंग निकाल्दै प्रचण्डले भने: त्यसपछि नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध

आइतबार बिहान माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको जनयुद्ध दिवस समारोह। तस्बिरहरू : प्रचण्डको सचिवालय।


नेपालखबर
फागुन १, २०७८ आइतबार ९:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीद्वारा १० वर्षसम्म सञ्चालित जनयुद्धलाई पृथ्वीनारायण शाहले गरेको राज्य विस्तारको युद्धसँग तुलना गरेका छन्। 

२७औं जनयु्द्ध दिवसका अवसरमा आज बिहान काठमाडौंमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पृथ्वीनारायण शाहले गरेको युद्धपछि नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध नै भएको दाबी गरेका हुन्। 

उनको भनाइ जस्ताको तस्तै
नेपालको इतिहासमा पृथ्वीनारायण शाहले गरेको राज्य विस्तार अभियान भनौं, त्यतिबेला गरिएका युद्धका परिघटनाहरू, त्यसको आफ्नै ऐतिहासिक पृष्ठभूमि थियो, त्यसको आफ्नै ऐतिहासिक वस्तुगत आवश्यकताहरू पनि थिए, त्यसपछि युद्धको रूपमा नेपाली समाजलाई झकझक्याउने नेपालको इतिहासलाई नै नयाँ मोड दिने नेपाललाई नै एउटा नयाँ युगमा पर्दापण गर्ने युद्ध, विद्रोह, क्रान्तिको रूपमा महान् जनयुद्ध स्थापित छ, स्थापित भयो। र, हामीले विस्तृत शान्ति सम्झौता, संविधान सभा, संघीय गणतन्त्रको घोषणा गर्दै गर्दा हामी सबै गौरवान्वित भयौं। नेपाल राष्ट्र नै गौरवान्वित भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad