ad ad

राजनीति


देउवासँग प्रचण्ड–नेपालको आग्रह : एमालेको अनुरोधअनुसार संसद् बैठक सारौं

देउवासँग प्रचण्ड–नेपालको आग्रह : एमालेको अनुरोधअनुसार संसद् बैठक सारौं

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०७८ शनिबार १४:५१, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई फागुन २ का लागि तोकिएको प्रतिनिधि सभाकाे बैठक सार्न आग्रह गरेका छन्। 

शनिबार बालुवाटारमा तीन शीर्ष नेताबीच भएको छलफलमा नेताद्वय प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई फागुन २ गते प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित हुन नसक्ने भएकाले संसद् बैठक फागुन ४ गते राख्न सुझाव दिएका हुन्। 

प्रचण्डकी छोरीसमेत रहेकी स्वकीय सचिव गंगा दाहालले भनेकी छन्, ‘प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताबीच भएको भेटवार्ताका क्रममा २ गते (फागुन) हुने भनिएको संसद अधिवेशन प्रमुख प्रतिपक्ष दल एमाले २ गते उपस्थित हुन नसक्ने र संसद सार्न गरेको अनुरोधको कारण अध्यक्षद्वयले फागुन ४ गते राख्न सुझाव दिनुभएको छ।’

यो पनिबालुवाटार वार्ता : एमसीसीबारे देउवाको प्रस्ताव प्रचण्ड–नेपालद्वारा अस्वीकार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .