ad ad

राजनीति


सांसदले विरोध गरेपछि कुवेतका प्रधानमन्त्रीले दिए राजीनामा

 सांसदले विरोध गरेपछि कुवेतका प्रधानमन्त्रीले दिए राजीनामा

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १२:१,

कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा दिएका छन्।

कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिनुभएको उल्लेख गरेको छ।

सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्रीको राजीनामाको कारण भने केही खुलाइएको छैन।

सत्तारुढ सांसदहरुले संसदमा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएका हुन्।

खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद पुनर्गठन बेलाबखत भइरहने गरेको छ र पछिल्लो मन्त्रिपरिषद गठन भएको दुई वर्ष पनि पुगेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .