ad ad

राजनीति


कैलालीमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप, तीन प्रहरी घाइते

कैलालीमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप, तीन प्रहरी घाइते

गोकुल जोशी
माघ १९, २०७८ बुधबार १९:१०, काठमाडौँ

कैलालीमा नेकपा (एमाले) निकट अनेरास्ववियू तथा राष्ट्रिय युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच बुधबार झडप भएको हो। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन्। 

‘शान्तिपूर्ण आन्दोलनको कार्यक्रम थियो। एक्कासी पुत्ला दहन र राँके जुलुस निकाल्न थाले पछि हामीले रोक्न खोज्दा तनावपूर्ण स्थिती सृजना भएको हो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले भने, ‘तीन जना प्रहरी घाइते भएका छन्।’

उनका अनुसार वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक गौरीशंकर चौधरीसहित तीन जना घाइते भएका हुन।

‘कानमा चोट लागेको थियो। उपचार पछि अहिले कार्यालयमा आराम गरिरहेका छन्,’ डीएसपी जोशीले भने, ‘अन्य दुई जना प्रहरी पनि सामान्य घाइते भएका छन्।’

अनेरास्ववियू र युवा संघका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राँके जुलुस निकाल्न खोज्दा झडप भएको थियो। 

अनेरास्ववियू र राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्नु पर्ने माग सहित आन्दोलन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .