राजनीति


स्थानीय निर्वाचन सार्ने कुरा संविधानसम्मत हुँदैन, कांग्रेस त्यतातिर लाग्दैन : गगन थापा

शनिबारको गठबन्धन बैठकले मिति तोक्ने भनाइ
स्थानीय निर्वाचन सार्ने कुरा संविधानसम्मत हुँदैन, कांग्रेस त्यतातिर लाग्दैन : गगन थापा

कांग्रेस बैठकपछि बोल्दै महामन्त्री गगन थापा। तस्बिर : नेपालखबर


नेपालखबर
माघ १४, २०७८ शुक्रबार २१:२८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत गर्नुपर्ने बताएका छन्। 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि शुक्रवार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनबारे सारेका विकल्पहरु विधानसम्मत् नभएको बताएका छन्। 

कानुन संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत नहुने भन्दै उनले त्यस्तो कुरालाई कांग्रेसले बोक्न नहुने पनि उनले बताए। 

पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुले उक्त कुरा राखिसकेको थापाले उल्लेख गरेका छन्। 

सत्तारुढ पाँच दलीय गठबन्धनले संविधानसँग बाझिने गरी कुनै पनि काम नगर्नेमा उनले विश्वास व्यक्त गरेका छन्।

‘कांग्रेस सभापतिजीलाई मैले आजकै छलफलमा पनि भनिसकेको छु। यो भन्दा अगाडि पनि भनिसकेको छु । गठबन्धनका नेताहरुसँग मेरो प्रत्यक्ष रुपमा भेटघाट नभएकाले यहाँबाट पनि उहाँहरुलाई स्थानीय निर्वाचनबारे अहिले जेजस्ता विषय र जुन जुन विकल्पमा छलफल भयो भनेर आएका छन्। ती कुनैपनि संविधानसम्मत छैनन्', थापाले भने, 'हामीले त्यो कोणबाट हाम्रो संविधानलाई बुझ्यौँ र त्यसको आधारमा स्थानीय निर्वाचनबारे संविधान संशोधन गर्न खोज्यौँ भने संविधानसम्मत हुँदैन।'

थापाले संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्न नहुने पनि बताएका छन्। 'संविधानसम्मत नहुने कुरालाई कांग्रेसले बोक्नुपर्ने कुनै कारण छैन। बोक्नु हुँदैन भन्ने कुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौँ', उनले भने, 'गठबन्धनका नेताहरुले पनि यो कुरा बुझ्नु हुन्छ। संविधानसँग बाझिने कुनै काम गठबन्धनले गर्दैन भन्ने कुरामा मलाई विश्वास छ।’

सभापति देउवाले उक्त कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिवद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए। शनिवार बस्ने गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचन मिति तय गर्ने विश्वासमा पनि आफूले लिएको उनले बताए।

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad