ad ad

राजनीति


राष्ट्रियसभा निर्वाचनको मौनअवधि सुरु

राष्ट्रियसभा निर्वाचनको मौनअवधि सुरु

नेपालखबर
माघ ९, २०७८ आइतबार १७:५२, काठमाडौँ

राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज (आइतबार) राति १२ बजेबाट मौनअवधि सुरु हुने भएको छ। निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि आइतबार राति १२ बजेबाट मौनअवधि सुरु हुने जानकारी गराएको हो। 

आयोगका सहसचिव तथा सहप्रवक्ता कोमलप्रसाद धमलाले मौनअवधि एउटा नैतिक बन्धन र कानूनी हतियार भएकोले आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक गरेको बताए। उनले यस समयमा निर्वाचनको मतदान हुने तीन सय वरपरको स्थानमा भएका पर्चा, पम्प्लेट र पोस्टरहरु हटाइनु पर्ने बताए।

सहसचिव धमलाले आजबाट विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरु गर्न बन्द भएको बताए। उनले राष्ट्रियसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बताए।

सहसचिव धमलाले भने, ‘आज (आइतबार) राति १२ बजेबाट आचारसंहिताको मौन अवधि शुरु हुन्छ। मौन अवधिमा अरु कुराका अतिरिक्त, सबै प्रचारप्रसार कार्यहरु बन्द गर्नुपर्छ। निर्वाचनको मतदान हुने ठाउँको ३ सय मिटर वरिपरि केही पर्चा, पोस्टर, पम्प्लेटहरु त्यस्तो टाँसेका छन् भने हटाउनु पर्छ। त्यो मौन अवधिमा जस्तो एसएमएस गर्ने, फेसबुकबाट, भाइबर, ट्वीटर इत्यादिबाट सोसल मिडियाको प्रयोग गरेर जुन प्रचारप्रसार गर्ने कुराहरु हुन्छन् ती कुराहरु सबै बन्द गर्नुपर्ने हुन्छ। र, राजनीतिक दलको, उम्मेदवारको, प्रचारप्रसार गर्ने र खास गरी प्रकाशन गर्ने पेपरहरुले पनि त्यो गर्न मिल्दैन।’

सहसचिव धमलाले राष्ट्रियसभाको निर्वाचनमा आयोगले निर्देशित गरेका २१ बुँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढंगले सम्पन्न हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .