ad ad

राजनीति


मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै युवा संघको प्रदर्शन

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै युवा संघको प्रदर्शन

शैलेन्द्र महतो
माघ ७, २०७८ शुक्रबार १६:१५, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई कारबाहीको माग गर्दै नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा प्रदर्शन गरेको छ।

हिंसात्मक अभिव्यक्ति दिने जसपा नेतृसमेत रहेकी मन्त्री यादवलाई तत्कालै बर्खास्त गरी कानुनी कारबाही गर्न माग गर्दै युवा संघले शुक्रबार जनकपुरमा प्रदर्शन गरेको हो।

यूवा संघ धनुषाको आयोजनामा जनकपुरको विभिन्न भागमा जुलुससहित विरोध प्रदर्शन गरिएको हो। त्यसक्रममा उनीहरुले ‘नरसंहारवादी मुर्दावाद’, ‘रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर’, ‘हत्यारा सरकार चाहिँदैन’ जस्ता नारा लगाएका थिए।

पदीय मर्यादा विपरित हिंसात्मक अभिव्यक्ति दिएकाले उनलाई तत्कालै पदमुक्त गरी कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी समेत युवा संघले दिएको छ। 

गएको बुधबार बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले पुनः गौर नरसंहार दोहरिन सक्ने र जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या समेत हुन सक्ने चेतावनी दिएकी थिइन्। 

पदीय मर्यादा विपरीत दिइएको सो हिंसात्मक अभिव्यक्तिलाई लिएर उनको चौतर्फी आलोचना भइरहेको छ। उनलाई तत्कालै बर्खास्त गरी कारबाही गर्नुपर्ने र २०६४ मा भएको गौर नरसंहार घटनाका दोषीहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने माग जोडतोडले उठेको छ। यसले यादवको मन्त्री पद समेत धरापमा परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .